ससको बोतलभित्र सुर्तीको खोल तैरिरहेको अवस्थामा फेला

 

जेठ ६, म्यादी । आईतबार म्याग्दीको एक खाजा पसलमा शिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल तैरिरहेको अवस्थामा फेला पारिएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल तैरिरहेको अवस्थामा पसलका संचालकले ग्राहलाई सस दिने क्रममा फेला पारेका हुन् । 

null

७०० मिलिलिटरको ससको बोतलमा कति समय सम्म प्रयोग गर्न मिल्ने भनि मिति समेत नलेखिएको उक्त ससको उत्पादन तिरुपती फुड्स एण्ड वेभरेजले गरेका हुन् । यस ससको उत्पादन मिति भने २०१८ नोभेम्बर २६ लेखिएको छ । 

म्याग्दीका ग्रामिण क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुको बिक्री वितरण दिनानु जसो हुने गरेको धेरै जनगुनासोहरु रहेको छ । 

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए अनुसार सदरमुकाममा केन्द्रित रहँदै आएको बजार अनुगमनलाई विभिन्न कार्यालयको संयोजनमा स्थानीय तहसँग समन्वय गरेर ग्रामीण बजारमा गरिने छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *