काठमाडौंमा दिनदहाड़दैँ लुटपाट, शान्ति सुरक्षामा थप चुनौती

वैशाख, २० काठमाडौं । काठमाडौंमा फेरि दिउँसै लुटपाट मच्चिन थालेको छ । सरकारले केही गुन्डा नाइकेलाई तह लगाएपछि अमनचैन छाएको काठमाडौंमा फेरि सन्त्रास पैदा भएको छ । 

 

बानेश्वरमा आभूषण तथा गरगहना पसल गर्दै आएका खोटाङ दिक्तेलका ४० वर्षीय मनकुमार विकको साथबाट १५ लाख लुटिएको छ । निज विकलाई तीन जनाको समूहले स्वयम्भूको ठूलो भर्याङमा सुनको कारोबार गर्नु छ भनी बोलाई नक्कली सुन दिएर उक्त धनराशि लुटेका हुन् । लुटपाटमा गरेर स्कुटर र मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ । 

null

त्यस्तै, ताप्लेजुङ घर भई काठमाडौंको बुढानिलकण्ठमा बस्ने अन्दाजी ५० वर्षीया खेमा लिम्बू बाटोमा हिँडिरहेका बखत नीलो रंगको मोटरसाइकलमा आएका व्यक्तिले गलामा लगाएको सुनको सिक्री लुटेर लगेको प्रहरीले बताएको छ । 

त्यस्तै, कीर्तिपुरको ट्याङ्लाफाँटमा पनि गोविन्द प्रधानको घरबाट बिहीबार ५ तोला बराबरका सुनचाँदीका गहना, मोबाइल, क्यामरा र नगद गरी करिब साढे १० लाख भन्दा बढी मुल्य बराबरको सम्पत्ती चोरी भएको र चोरीमा संलग्न व्यक्तिको खोजीकार्य भइरहेको कीर्तिपुर प्रहरीले जनाएको छ । 

यसैगरी, बिहीबार नै काठमाडौंको बल्खुमा बसोबास गर्र्दै आएका धादिङका मैदीका कुसुम भट्टको डेराबाट झमक्क साँझ पर्नै लागेका बेलामा सुनका गहना, र ३४ हजार नगद गरी लगभग १ लाख २५ हजार बराबरको धनराशि चोरी भएको प्रहरी बताएको छ । 

चोरीका घट्ना बढेसँगै प्रहरीले आफू घरबाहिर निस्किँदा घरको ताल्चा बलियो गरी लगाउन र अपरिचित मानिससँग कारोबार नगर्न सुभाब दिएको छ । सुनचाँदी चोरी गरी भागेका सबै गिरोहलाई खोजतलास गरिरहेको प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *