बोल मायाका गायक प्रकाश सपुतको ‘गलबन्दी’ हेर्नुभयो ?

जेठ १२, काठमाडौं । बोल मायाका गायक प्रकाश सपुतको नयाँ गीत गलबन्दी युट्युवबाट सार्वजनिक भएको १२ घण्टा नपुग्दै चर्चित भएको छ । बोल माया गीतकै कथाबाट सुरु गरिएको गीत १२ घण्टा नपुग्दै १ लाख ५० हजार बढिले हेरेका छन् । 

शान्ति श्री परियारसँगको दोहोरी गीतको म्युजिक भिडियोलाई बोलमाया गीतबाटै उठान गरिएको छ । म्युजिक भिडियाको कथामा छोराले आफ्ना बाबुको अनुहार समेत नदेखेकोले आमालाई मेरो बाबा कस्तो हुनुहुन्थ्यो भनेर सोधेको छ । त्यसपछि फ्ल्यास ब्याकमा गएर आमाले आफ्ना बाबुको कथा छोरालाई सुनाउँछिन् । 

साथै गीतमा कथामा देखिएका केहि प्रश्नहरुको उत्तर बोल माया २ मा हेर्नुपर्ने बताइएको छ । 

null

ग्रामिण परिवेशमा छायांकन गरिएको दोहोरीको शब्द संगीत गायक प्रकाश सपुतकै छ । उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् । 

म्युजिक भिडियोमा गायक प्रकाशसँगै अञ्जली अधिकारी, डिप्लब विक, करविन गैरे लगायत छन् । युट्युवमा अधिकांशले गीतको तारिफ गरेका छन् ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *