छोरीको हत्या गर्ने आमा पक्राउ

 

जेठ ३, गुल्मी । गुल्मीमा प्रहरीले आफ्नै २ महिने छोरीको हत्या गरेकाे आरोपमा एक मानसिक रोगी महिलालाई पक्राउ परेको छ । 

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका ४ की ३५ वर्षिय जुना बिक रहेको गुल्मी प्रहरीले जनाएको छ । 

null

बिहीबार बेलुका आमाकै काखमा रहेकी २ महिने छोरी विष्णु बिक मृत अवस्थामा फेलापछी आमाले नै हत्या गरेको आशंकामा उनलाई पक्राउ गरिएको डीएसपी मिन घलेले बताएका छन् । 

प्रहरीका अनुसार शिशुुको कानमा चोटपटक देखिएको छ । कानमा चोट देखिएको शिशुको शरिरको अन्य कुनै भागमा चोटपटक नभएको प्रहरीले खुलाएको छ ।  

शिशुको शवलाइ पोष्टमार्टमको लागि गुल्मी अस्पताल पठाई सकिएको, पक्राउ परेका शिशुको आमामाथी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *