राजधानी माग गर्दै विराटनगर अनिश्चीतकाल बन्द, ठाउँ-ठाउँमा प्रदर्शन (फोटो फिचर सहित)

वैशाख २३, विराटनगर । प्रदेश नं. १ को स्थायी राजधानीको विषय लिएर विराटनगर तनावग्रस्त बनेको छ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेश नं. १ को राजधानी विराटनगर राखेपनी विकेन्द्रकरण गर्न खोजेपछी विराटनगर तनावग्रस्त बनेको हो । 

 

नेकपाले प्रदेश १ को राजधानी बिराटनगर तोकी कार्यपालिका, ब्यवस्थापिकालगायतका अन्य संरचनाहरु बृहत् बिराटक्षेत्र अन्तर्गतका बिराटनगर, इटहरी र सुन्दरहरैचा आसपासका क्षेत्रमा रहने गरी आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको थियो । 

null

प्रदेश सरकारले छलकपटपूर्ण तरिकाले विराटनगरलाई अन्यत्र सार्ने षड्यन्त्र गरेको भन्दै विकेन्द्रकरण नगरी विराटनगरलाईनै स्थायी राजधानी तोक्न माग गर्दै आन्दोलनमा उत्रिएका विराटनगरवासीहरुले ठाउँ ठाउँमा प्रदर्शन गरेका छन् । 

आइतबार विराटनगर महानगरपालिकाको आब्हानमा बसेको सर्वपक्षीय बैठकले बिकेन्दीकरण नगरी विराटनगरलाई स्थायी राजधानी बनाउनुपर्ने माग सहित अनिश्चत कालिन हड्तालमा उत्रने निर्णय गरेको थियो । 

 

सोही निर्णय अनुसार बिराटनगर आज बिहानैदेखी बन्द गरिएको छ । विराटनगरका नेकपा, नेपाली कांग्रेस, संघिय समाजवादी फोरम, राजपालगायत सम्पूर्ण राजनितिक दल, सिंगो नागरिक समाज आन्दोलनमा उत्रिएको छ । 

बिहानैदेखी आन्दोलनमा उत्रिएका उनीहरुले विराटनगरको महेन्द्र चोक, देवकोटा चोक, गुद्री, हाटखोलालयायतका ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । राजधानीको विषयलाई लिएर आक्रोशित बनेका विराटनगरवासीले प्रदेशसभा भवन अगाडी समेत प्रदर्शन गरेका छन् । 

उनीहरुले बिराटनगरलाई विकेन्द्रीकरण नगरी स्थायी राजधानी नबनाए सम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । प्रदेश सरकारले अझ विराटनगर माथि षड्यन्त्र गरे कडा भन्दा कडम आन्दोलनमा उत्रनै नेपाली काँग्रेस मोरङका सचिव नागेस कोइरालाले बताए । 

 

प्रदेश सरकारको नेतृत्व गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार संसद सचिवालयमा औपचारीक रुपमा राजधानीको प्रस्ताव दर्ता गरेको छ । सो पार्टीको संसदीय दलको निर्णय अनुसार संसद सचिवालयमा विराटनगरलाई प्रदेशको स्थायी बनाउने गरी संसद सचिवालयमा प्रस्ताव दर्ता गरेको हो । 

यता नेपाली काँग्रेस र फोरमले भने विराटनगरलाई मात्रै राजधानी बनाउन आइतबारनै छुट्टै प्रस्ताव दर्ता गरिसकेका छन् । सुरक्षा स्थित मजबुत बनाउन प्रदेशसभा भवन अगाडी बोक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै सम्भावित प्रदर्शन स्थलहरुमा कुनै अप्रिय घटना हुन नदिन बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ । 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *