ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

 

जेठ ३, काठमाडौँ । शानिबार राति तीनकुनेमा ट्राफिक प्रहरीलाई रु. ५ सय घुस दिन रोज्ने २ युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका ९ घर भएका दुई युवा भरत र यमन रहेका छन् । 

null

शनिबार राति काठमाडौंको तीनकुनेमा ट्राफिक प्रहरीले मापसे चेकिङ गर्ने क्रममा ती दुई युवा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरी बा ९५ प ४२९ नम्बरको मोटरसाइकल चलाएका ती युवाले कारवाहीबाट बच्न घुस स्वरुप रु. ५ सय रुपैँया ट्राफिक प्रहरीलाइ दिन खोजेपछी पक्राउ गरिएको प्रहरीको दावी रहेको छ । 

यस सम्बन्धमा थपअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *