नेकपालाई पछार्दै कांग्रेसका श्रेष्ठ कुमरोज वनको अध्यक्षमा निर्वाचित

 

जेठ १०, चितवन । पर्यटकहरुको आर्कषण वढ्दै गईरहेको चितवनको कुमरोज मध्यवर्ती वन उपभोक्ता समुहको अध्यक्षमा गणेश कुमार श्रेष्ठ निर्वाचित भएका छन् । वनको शुक्रवार सम्पन्न मतदानबाट नेपाली कांग्रेस निकटका श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

नयाँ कार्यसमिति चयनका लागि ४५ जना परिषद सदस्यहरुले निर्वाचनमा मतदान गरेका थिए । निर्वाचनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी निकटका उपभोक्ताहरुले प्यानल वनाएर चुनावी मैदानमा उत्रिएका थिए । 

null

निर्वाचित भएका श्रेष्ठले २३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा निकटका हिरावहादुर गुरुङले २२ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा पनि नेपाली कांग्रेस निकटकै उपभोक्ता विजयी भए । 

उपाध्यक्षमा सानुकाजी कुँवर,सचिवमा श्याम प्रसाद वराकोटी र कोषाध्यक्षमा उज्वल वर्तौला निर्वाचित भए । उनीहरुले पनि अध्यक्षकै सरह मत प्राप्त गरेका थिए । उपाध्यक्षका प्रतिद्धन्द्धी नेकपा निकटका नरेन्द्र कडेंल ,सचिवका प्रतिद्धन्द्धी कल्याण लटौला,कोषाध्यक्षका रेवती उप्रेती पराजीत भए । 

सदस्यहरुमा पनि नेपाली कांग्रेस निकटकै उपभोक्ताहरु विजयी भएका छन् । यसअघि भएको परिषद सदस्य चुनावमा कांग्रेस निकटका २३ र नेकपा निकटका २२ जना उपभोक्ता निर्वाचित भएका थिए । पछिल्लो समय जीप सफारीबाट चर्चित कुमरोज वनले पर्यापर्यटनबाटै वार्षिक २ करोड भन्दा वढि आम्दानी गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *