मोरङमा भैसी करणी गरेको आरोपमा मुद्दा दायर

बैशाख २१, काठमाडौं । मोरङमा भैंसीलाई करणी गरेको आरोपमा मुद्दा दायर भएको छ । मोरङको रतुवामाइ नगरपालिका–२ का ४० वर्षिय मङ्गल हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैसी करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनीको तर्फबाट शुक्रबार ‘फिराद’ दर्ता गरेका छन् । 

हस्दाले छिमेकीको गोठमा बाधेको भैसीलाई ७ सय मिटर पश्चिम एकान्त बास झ्याङ्गगमा लगेर बिहीबार दिउँसोे १२ बजेको समयमा करणी गरेको आरोप छ । हस्दाले पनि भैंसी करणी गरेको स्विकार गरेका छन् । हस्दाले बाँस झ्याङमा भैसी लगेर दुवै खुट्टा बाँधेर करणी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

 

null

उक्त कुराको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । उनका अनुसार गोठमा बाँधेको भैसी फुकाएर बाँस झ्याङमा लगेर दुवै खुट्टा बाँधेर करणी गरेका थिए । 

गोठमा बाँधेको भैसी हराएपछि धनीले खोजी गर्दा भैसी बाँस झयांङमा फेला परेको थियो । नजिकै करणी गर्दा खोलेर छाडेको कपडालाई आधार बनाएर अनुसन्धान गर्दा करणी गने गाउकै युवा मंगल भएको खुलेको थियो । 

हस्दाले भैसीलाई करणी गरेपछि सोही ठाउँमा आफुले लगाएको पेन्ट र भेस्ट छोडेर घर गएका थिए । स्थानीयले हस्दाले लगाएको कपडा पहिचान गरेपछि नजिकको प्रहरी कार्यालय पुगेका थिए । हस्दालाई पशु करणी दुनियावादी फौजदारी मुद्दा हुने भएकोले यस्तो मुद्दा अदालतमा सोझै दर्ता हुने गरेको छ । 

उच्च अदालत मोरङका श्रेस्तेदार इश्वरमणी ओझाले शुक्रबार पशु करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनी स्वयम उपस्थितीमा ‘फिराद’ दर्ता गरेको बताए । हस्दालाई पशु करणी गरेको ठहर भए १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *