राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली जेनेभा प्रस्थान

 

बैशाख २९, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली आइतबार स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । 

यही मे १३ देखि १७ सम्म जेनेभामा हुने पुनर्निर्माण सम्बन्धी चौथो विश्व सम्मेलन र विपद् जोखिम व्यवस्थापन सम्बन्धी ग्लोवल प्लेटफर्ममा सहभागी हुन उनी जेनेभा प्रस्थान गरेका हुन् । 

null

त्यहाँ उनले नेपालको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धमा कार्यपत्र पेश गर्ने कार्यक्रम छ । उनले भूकम्पपछि नेपालको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइ थप सहयोग जुटाउन पनि पहल गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *