अब विदेशबाट फर्किँदा यति सुन ल्याउन पाइन्छ नि !

 

जेठ १७, काठमाडौं । नयाँ नियम अनुसार विदेशबाट नेपाल फर्किँदा नेपालीले २ सय ५० ग्रामसम्मका सुनका गहना ल्याउन पाउने भएका छन् । 

आर्थिक विधेयक २०७६ ले यस्तो व्यवस्था गरेको हो । व्यवस्था अनुसार ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार तिर्नुपर्ने छैन । थप १ सय ग्राम ल्याउँदा भने प्रति दश ग्रामको ७ हजार २ सय रुपैयाँ लाग्छ। बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ। 

null

त्यसैगरी काँचो सुन १ सय ग्रामसम्म ल्याउन पाइने छ । ५० ग्राम मात्र काँचो सुन आयात गर्दा प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ भन्सार लाग्नेछ भने बाँकी ५० ग्रामको प्रति १० ग्रामको ७ हजार २ सय रुपैयाँ भन्सार लाग्ने छ । 

विदेशीले नेपालमा सुनका गहना भित्र्याउँदा भने गहनाको कुल लागतको २० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था छ । अर्थ मन्त्रालयले कुनै ब्यक्तिले गहना लगाएर आउँछ र लगाएर नै फर्कन्छ भने ५० ग्राम भन्दा बढी पहिरिएको अवस्थामा गहनाको कुल लागतको २० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था गरेको हो । उक्त गहना फिर्ता गर्ने शर्तमा मात्रै भित्र्याउन मिल्ने मन्त्रालयले जनाएको छ । फिर्ता लैजाँदा धरौटी फिर्ता हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ। 

तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने जनाइएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *