उद्योग वाणिज्य संघ खैरहनीको साधारण सभा भाँडभैलो,विधान संसोधन हुन सकेन्

वैशाख २४, चितवन । चितवन स्थित उद्योग वाणिज्य संघ खैरहनीको ९ औं साधारण सभामा लफडा मच्चिएको छ । 

 

विधान संसोधनको विषयलाई लिएर कार्यसमितिकै पदाधिकारीबाट विरोध आएपछि साधारण सभा सम्पन्न हुन सकेन् । साधारण सभाका लागि गणपुरक संख्या नपुगि विधान संसोधन हुन नसक्ने आवाज उठेपछि अनिश्चितकालका लागि सभा स्थगीत भएको श्रोतले जनाएको छ । 

null

संघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले विधान संसोधन प्रस्ताव वन्द शत्रमा पेश गरेपश्चात संघकी द्धितिय उपाध्यक्ष शेषकुमारी ओली ,पुर्व अध्यक्ष केशव पाठक लगायतकाले गणपुरक संख्या नपुगेको भन्दै विरोध जनाएका थिए । विरोधपछि सभामा होहल्ला मच्चिएपछि विधान संसोधन हुन नपाई साधारण सभा स्थगीत भएको वताईएको छ । 

प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउने गरी विधान संसोधन प्रस्ताव पेश भएको थियो । साधारण सभा अघि आईतवार वसेको कार्यसमिति वैठकले विधान संसोधन पारित गर्ने सहमती गरेको थियो । तर सहमती अनुसार साधारण सभाले भने पारित हुन सकेन् । विधान संसोधनका लागि जिम्मेवारी पाएका संघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले साधारण सभामा गणपुरक संख्या नपुगेको स्वीकार गरेका छन् । 

वन्द शत्रमा संघले पहिलो पटक आयोजना गरेको प्रथम खैरहनी महोत्सवको हिसाव किताव पारदर्शी नभएको भन्दै विरोध पनि उठेको थियो । कार्यसमितिकै पदाधिकारी तथा सदस्यहरुले अध्यक्ष चन्द्रप्रसाद सापकोटाको नेतृत्व प्रति असन्तुष्ठी जनाउँदै आएका थिए । विधान संसोधनका लागि कार्यसमितिको वैठक वसेर पुन मिति तोकिने श्रोतले जनाएको छ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *