यी खानेकुरा अत्याधिक सेवन गर्दा क्यान्सर हुने
बैशाख २२ । क्यानसर एउटा खतरनाक रोग हो । यस रोगका कारण दिनानु धेरै व्यक्तिको मृत्यु भईरहेको छ । क्यान्सर बिभिन्न प्रकारको हुन्छ । कुनै क्यानसर निको हुन्छ भने कुनै क्यानसर निकै नहुने पनी हुन्छ यदी निको भई हाल्यो भने यसको उपचार खर्च धेरै मंहगो हुन्छ । यसकाे उपचार खर्च धेरै मंहगाे हुने भएकाेले एउटा साधरण जिवन चलाउने व्यक्तीकाे लागि त्याे उपचार खर्च जुटाउन सम्भव पनि हुँदैन । क्यानसरका रोगी दिन प्रतिदिन बढ्दै गईरहेको पाइन्छ । यो रोगले बालक, युवा, बृद्ध केही भन्दैन जसलाई नि लाग्न सक्छ । यो रोग विशेष हामीले हाम्रो स्वास्थ्यमा ख्याल नदिनाले लाग्ने हुन्छ । हामीले स्वास्थ्यकोबारेमा गर्ने सानातिना हेलचेक्याईले गर्दा पनि यो रोग लाग्ने हुन्छ ।
जस्तै बजारमा पाइने जंक फुड अर्थात् फास्ट फुड क्यान्सर निम्त्याउने महत्वपूर्ण कारण हुन त्यो कुरा थाहा पाउँदा पाउँदा पनी धेरै व्यक्ति यसको सेवन गरी रहेका हुन्छन् । प्याकेटमा राखिएका खानामा प्रयोग हुने अवयवहरुले प्रारम्भिकरुपमा क्यान्सर निम्त्याउन सहयोग गर्ने तथ्य समेत फेला परेका पनि छन् । तर यी कुरालाई मानिसहरु जानेर पनि वास्ता गर्दैनन् । केही यस्ता जंक फुडहरु छन् जस्ले क्यानसर निमत्याउँछ । ती के–के हुन् तल दिईएको छ ।
null
माइक्रोवेभ पपकर्न (फुराएका मकै)बटर फ्ल्याभरको पपकर्न धेरैजसो व्यक्तिको रोजाइमा पर्छ । बटर फ्ल्याभर राखेर पप कर्न पकाउँदा उत्सर्जन हुने टक्सिन र कार्सियोजेनिक केमिकलले क्यान्सर निम्त्याउँछ । विकल्पः माइक्रोवेभमा तयार पारिएको पपकर्नको खपत नगर्ने र अर्गानिक मकै किनेर आफ्नै चुलोमा फुराएर खाने ।
क्यानमा प्याक गरिएको खाना, विशेषगरी टमाटरक्यानमा प्याक गरिएका सबै खानेकुरा स्वास्थ्यका लागि हानिकारक छन् । विशेषगरी क्यानमा प्याक गरिएका टमाटर खाँदा त्यसले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । सामान्यतया टमाटर खपत स्वास्थ्यको लागि फाइदाजनक छ । विकल्पः क्यानमा प्याक गरिएको टमाटर प्रयोग नगर्ने, ताजा टमाटरको प्रयोग गर्ने ।
ग्रिल्ड अर्थात् पोलेको रातो मासुसिन्कामा उनेर पोलेको मासुको छुट्टै मिठो स्वाद आउँछ । यसरी मासु पाक्न निकै उच्च तापक्रमको प्रयोग हुने भएकाले त्यसले क्यान्सर निम्त्याउने हाइड्रोकार्वनको उत्सर्जन गर्छ । रातो मासुको अधिक मात्रामा खाँदा त्यसले क्यान्सर निम्त्याउन सक्छ । विकल्पः रातो मासु कम खाने, सजगता अपनाएर पकाउने ।
प्रशोधित मासुप्रशोधित मासुमा धेरै जसोले रुचिपूर्वक खाने ससेज लगायतका मासुका परिकारहरु पर्छन् । यस्तो मासु आवश्यकता अनुसार फ्राइ गरेर सहज रुपमा खान मिल्छ । तर यसले स्वास्थ्यमा ल्याउने समस्या भने निकै गम्भीर हुन्छ । यस्तो मासु प्रशोधनका क्रममा अधिक मात्रामा नुन, डरलाग्दा केमिकलको प्रयोग हुन्छ । हेर्दै खाउँ खाउँ लाग्ने यस्ता मासुका परिकारले अन्ततः प्राणघातक क्यान्सर निम्त्याउछन् । विकल्पः सकभर फ्रेस र अर्गानिक मासुको खाने, कम प्रशोधित मासुको पहिचान गरी कहिलेकाँही मात्र खाने ।
सोडासामान्यतया हामी सोडा खाइरहन्छौं । प्लास्टिकको बोतलमा प्याक गरिएको सोडामा क्यान्सर निम्त्याउने क्यारमल कलर मिसाइएको हुन्छ । पानीमा कृतिम कलर राखेर तयार पारिने सोडाले मान्छेमा क्यान्सर निम्त्याउने अनुसन्धानले देखाएको छ । कृतिम रंग निकाल्नको लागि प्रयोग गरिने कार्सियोजेनिक केमिकलले क्यान्सर निम्त्याउन सक्छ । विकल्पः मानव स्वास्थ्यका लागि सबैभन्दा किफायती पानी नै हो । यदि गुलियो बढिनै मन पर्छ भने पानीजस्तै देखिने सोडाको प्रयोग गर्नु राम्रो हुन्छ ।
गैर जैविक फलफुल तथा सागपातआफैमा फलफुल सागपात मानव स्वास्थ्यमा किफायती हुन्छन् । तर फलफुलमा प्रयोग गरिने विभिन्न विषादीले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । विकल्पः सकभर अर्गानिक अर्थात् जैविक फलफुल खाने, जैविक फलफुल खान सम्भव नभए गैर जैविक फलफुल पनि राम्रोसँग पखालेर मात्र खाने ।