धरानमा दिनदहाडै गोली चल्दा एक घाइते 

 

जेठ १२, धरान ।   सुनसरीकोे धरानमा दिनदहाडै एक व्यक्तीमाथि गोली प्रहार भएको छ । 

मोरङको कटहरीमा मुख्य कार्यालय रहेको जीवन विकास लघुबित्त बित्तिय संस्थाको धरान १, लक्ष्मी चोकमा शाखा कार्यालयमा फिल्ड सहायकको रुपमा कार्यरत मोरङको धनपालथान गाउँपालिका वडा नं २ अमाही बरियातीका ३५ बर्षीय शम्भु प्रसाद गच्छदारमाथि दिनदहाडै गोली प्रहार भएको छ । 

null

को १८ प ५२९४ नंम्बरको हिरोहोण्डा स्प्लेंडर  मोटरसाईकलमा धरानको वडा नं ५ साउनेटार (साविक पाचकन्या गाविस) मा आइपुग्दा ३ जना  अपरिचित व्यक्तीले ४ राउण्ड गोली प्रहर गर्दा २ राउण्ड गोली लागेको घाईते गच्छदारले जानकरी दिए । 

घाइते गच्छदारका अनुसार आफुसँग कार्यलयको कामको सिलसिलामा फिल्डबाट कलेक्सन गरेर ल्याउँदै गरेको ४ लाख १० हजार रुपैँया समेत लुटिएकाे बताएका छन् । गच्छदारले नकाव वा मास्क केही पनि नलगाई आएको र ३ जना मध्ये एक जना होचो (पुड्के) भएको बताए । 

घाईते गच्छदारको एउटा गोली देब्रे कम्मरमाथि लागेको छ भने अर्को गोली देब्रे हातको कुईनामा लागेको उनकाे उपचारमा सम्लग्न डा.कुमार आलमले बताए । चिकित्सक आलमका अनुसार  अहिले गच्छदार खतरामुक्त भएका छन् । गच्छदारलाई प्रहार भएको दुवै गोली उनको शरिरबाट बाहिरिर निकालिएको डा. आलमले जानकारी दिए । 

घटना पछी धरानको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने धरान प्रवेश गर्ने चारैतिरको नाकामा प्रहरीले चेकपोइन्ट थापेको सुनसरी प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *