बुद्ध जयन्ति र साकेला उभौलीमा राष्ट्रपतिको शुभकामना

४ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २५६३ औं बुद्ध जयन्ती र किरात समुदायका साकेला उभौलीको अवसरमा शुभकामना ब्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न दिगो शान्ति र राष्ट्रिय एकतामा जोड दिएकी छन् । 

भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ–आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबैमा आहृवान पनि गरेकी छन् । 

भण्डारीले उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । 

null

राष्ट्रपति भण्डारीले प्रकृतिपूजक किराँत समुदायलाई धर्तीको वातावरण स्वच्छ राख्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले मौलिक र विशिष्ट रूपमा मनाइने उभौली पर्वले नेपालीबीच आपसी सदभाव कायम गर्दै सामाजिक एकताको वातावरण अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गरेकी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *