गृहमन्त्री ज्यू ! महाराजगञ्ज डिएसपी प्रसाईले सुरक्षा अस्तब्यस्त बनाए त ?
काठमाडौं, १३ जेठ । मुलुकको राजधानी काठमाडौंमा आज विभिन्न स्थानमा बम विस्फोट भयो । आज भएको बम बिस्पोटमा मात्रै अहिलेसम्म चार जनाले ज्यान गुमाए । त्यसैगरि ७ जना घाइते भए । त्यसो त महाराजगंन्ज प्रहरी वृत्तले जिम्मा लिएको सुरक्षा क्षेत्र सुकेधारामा मात्रै २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गृहमन्त्री रामबहादुर थापाज्यू महाराजगंन्ज प्रहरी वृत्तका डिएसपी प्रसाईले सो क्षेत्रको सुरक्षा झन् अस्तब्यस्त बनाए त ? उनले झनझन सुरक्षा फितलो पारेका छन् ।पछिल्लो समय राजधानी काठमाडौंमा दिन प्रतिदिन चोरी डकैती बढेको छ । राजधानीको अति ब्यस्त स्थान महाराजगन्ज क्षेत्रमा पछिल्लो समय चोरी डकैती बढेको हो । दिनप्रतिदिन बढेको चोरी डकैतीसँगै सो क्षेत्रमा बसोबास गर्ने धैरै बासिन्दा आतंकित बनेका छन् । महाराजगञ्ज क्षेत्रको सुरक्षा जिम्मा लिएका वृत्त प्रमुख डिएसपी फडिन्द्र प्रसाईले सुरक्षालाई जिम्मेवारीका रुपमा नलिएको भन्दै स्थानियहरु त्रसित भएको गुनासो छ ।
जनताको काममा धन्दामा भन्दा श्रीमती इन्सपेक्टर तुलसा खतिवडाको शक्ति केन्द्रसँग भएको रवाफमा उनले आर्कषक स्थान सुरक्षित गरेको चर्चा चलेको छ । कुनै समय डिएसपी प्रसाई रसुवा प्रहरी प्रमुख रहँदा प्रसाई श्रीमती इन्सपेक्टर खतिवडाले पर्यटन प्रहरी प्रमुख बाहेक रसुवाको सुरक्षा हाकेको रवाफ दिने गरेको उनकै सहकर्मीले मकालु खबरलाई बताए । सो समयमा रसुवा क्षेत्रबाट तस्करी गर्नेहरुको पर्यटन प्रहरी कार्यलय भृकुटीमण्डपमा भिडनै लाग्ने गरेको चर्चा हुन्थ्यो ।त्यसो त ,उनले भविश्यमा प्रहरी नेतृत्वमा को पुग्छ त्यही ब्यक्तिलाई खाना खान बोलाउने गरेको समेत खासखास हुने गरेको छ । एक पटक पानी बाराबार भएका दुई एसएसपीलाई एउटै प्रेसर कुकरको खाना खुवाएर ‘हित्त चित्त’ गराएकी थिइन् । सो घटनाको चर्चा अहिले पनि उत्तिकै रोचक पाराले हुने गरेको छ ।इन्सपेक्टर तुलसाकै आडमा डिएसपी प्रसाई जनताको काममा धन्दा ब्यक्तीगत रवैयामा रमाउन थालेका छन् । शक्ति केन्द्रको ठाडो आदेशमा उनी हाल मिसनमा गएको एक सहकर्मीले नाम नछाप्ने सर्तमा मकालु खबरलाई जानकारी दिए । राजनितिक आडमा शक्ति हुनेहरुलाई मिसन पनि हुने ।आर्कषक स्थान पनि हुने यस्तै छ यहाँको चलन उनले थपे । हालका गृह सचिब तत्कालिन पर्यटन सचिव प्रेम राई मार्फत तत्कालिन पर्यटन प्रहरी प्रमुखमा रहेकी तुलसाले एक डिएसपीलाई झण्डै बढुवाको सुचीबाट पछि पार्न असफल कोसिस गरेकी थिइन् ।प्रसाईले महाराजगन्ज प्रहरी वृतले सुरक्षा जिम्मा लिएको अवस्थामा केहि महिना पहिले टोखा नपा धापासीको चोरीका बारेमा उनी आफै अनविज्ञ रहेको बुझिएको छ । त्यस्तै, गत फागुन १५ गते टोखा नपा धापासी ६ देवराज थापा सुन गहना ४ लाख ८६ हजार ४०० रुपिया चोरी भएको छ । चोरीमा संलग्नको कुनै खोजीनीति भएको छैन् ।त्यसैगरि, गत फागुन २१ गते दिउसो धुम्बराही पिपलबोट दिपक श्रेष्ठको घरमा बस्ने कर्ण चौलागाईको हार्डवयर पसल ५ लाख बराबरको सामान चोरी भयो । सो चोरीको बारेमा अत्तोपत्तो छैन् । त्यसैगरि फागुन २२ गते बाँसबारी गोविन्द मगरको घरमा बस्ने संझना थापाको कोठाबाट एकलाख १० हजार बराबरको मालसमान चोरी भएको छ । दिउसै चोरी बढेपछि महाराजगन्ज प्रहरी चनाखो देखिएको छैन्, स्थानियहरुको आरोप छ ।गत शुक्रबार मात्रै होटल ब्यबसायी सुमित मैनालीको घरमा काम गर्न बसेकी १४ बर्षीय सुनिता थामी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले सार्वजनिक गरेको सो घटनाको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद रहेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको मृत शरीर घरको पानी ट्यांकीको मुनि झुण्डिएको अवस्थामा भेटिएको थियो । चार वर्ष अगाडी दोलखा जिल्ला भीमेश्वर नगरपालिका घर भएकी सुनिता थामीलाई कमला मैनालीको सहयोगमा काठमाडौँ ल्याई सुमित मैनालीको घरमा काम गर्न राखिएको थियो ।मृतक परिवारका अनुसार सुनितालाई ४ बर्षसम्म अत्यन्त न्युन पारिश्रमिकमा परिवारलाई समेत भेट्न नदिई बन्दक बनाएर राखेका अवस्था भएको पिडित परिवारको आरोप छ । उनका एक आफन्त भन्छन् – “अपराधिक तरिकाले चरम यातना दिई सुनितालाई बलात्कार गरेर मारेका हुन् ,उनको शरिरलाई पानीट्यांकीमा झुण्डाएर आत्महत्या देखाउन खोजिएको मात्र हो ।“