यस्तो छ आज साउदी, कतार लगायत विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १३ जेठ । आज सोमबारका लागि कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ केही पैसाले घटेको छ । अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र कोरियन वनको भाउ भने आइतबारकै भाउमा किनबेच गर्न सकिन्छ । 

आज सोमबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा र बिक्रीदर २६ रुपैयाँ ६३ पैसा छ । यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । 

null

कुवेती दिनारको भाउ भने केही बढेको छ । कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो खरिददर ३६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ६९ पैसा थियो । 

बहराइन दिनारको भाउ केही पैसाले घटेको छ । बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ २५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८४ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ २९ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८८ पैसा थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *