पत्नी राधिकासहित भियतनाम र कम्बोडिया उडे प्रधानमन्त्री

 

बैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् । 

भियतनामका प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा प्रधानमन्त्री ओली आज त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी आजबाट ३० गतेसम्म भियतनाम र ३० देखि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमणमा रहनेछन् । 

null

प्रम ओलीको भियतनाम भ्रमणमा नेपाल–भियतनाम हवाइ सम्झौता हुनेछ । 

भियतनामको ५ दिने भ्रमणमा रहँदा प्रधानमन्त्री त्यहाँ आयोजित बुद्ध सम्मेलनमा सहभागी हुनेछन् भने त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम छ । 

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई लगायत सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *