बाबुराम र उपेन्द्र वार्तामा, एकता २३ गते
बैशाख १९, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी एकताको तयारीमा जुटेको छ ।
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरम नेपालका उपेन्द्र यादवबीच बिहीबार बबरमहलमा एकताको विषयमा वार्ता चलिरहेको छ ।
null
वैशाख २० र २१ गते बस्ने दुई दलको केन्द्रीय समिति बैठकले एकतामा जाने निर्णय गर्नेछ । वैशाख २३ गते यी दुई दलबीच एकताको घोषणा हुने सम्भावना रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार पार्टीको अध्यक्ष डा.बाबुराम भट्टराई हुनेछन् भने कार्यकारी अध्यक्ष उपेन्द्र यादव हुने सहमति भएको छ । त्यस्तै अशोक राईलाई वरिष्ठ नेता राख्ने पनि सहमति भएको छ ।
महासचिवमा भने उपेन्द्र यादवको तर्फबाट रामसहाय यादव, बाबुराम भट्टराईको तर्फबाट गंगा श्रेष्ठ र अशोक राईको तर्फबाट राजेन्द्र श्रेष्ठ रहने सहमति भएको स्रोतले जनाएको छ । पार्टीको वैचारिक सिद्धान्त र झण्डामा पनि करिब कुरा मिलिसकेको छ ।
अन्य पदाधिकारीको विषयमा भने पार्टी पार्टी एकिकरणपछि मात्रै सहमति हुनेछ ।
निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भएको थियो। तर नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन।