विराटनगरमा पत्रकारको रुवाबासी !

 

जेठ ५, विराटनगर । विराटनगरमा पत्रकाहरुले रोएर प्रदर्शन गरेका छन् । 

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध विराटनगरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी डाँको छोडी रोएर प्रदर्शन गरेका हुन् । 

null

मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी तथा प्रेसलाई नियन्त्रण गर्न ल्याइएको भन्दै पत्रकारहरुले यसलाई फिर्ता गर्न माग गरेका छन् । 

पत्रकारलाई थुन्नै पर्छ भन्ने उद्देश्यले सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको उनीहरुको आरोप छ । 

पत्रकार महासंघले घोषणा गरेको कार्यक्रममा एक्यबद्धता जनाउँदै देशैभरका पत्रकारहरुले सरकारविरुद्ध बुधबारदेखि प्रदर्शन गर्दै आइरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *