धरान उपमहानगरपालिका वडा नं १२ पनि बालमैत्री वडा घोषणा

 

जेठ १०, धरान ।   प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव भविष्य उज्ज्वल बनाउनका लागि बालबालिका प्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताएका छन् । 

आज शुक्रबार धरान उपमहानगरपालिका वडा नं १२ चतरा लाईन क्षेत्रलाई बालमैत्री वडा घोषणा सभामा उनले उक्त कुरा बताएका हुन् । 

null

उनले परिवारदेखि टोल र समुदाय सबैले मिलेर बालहितका पक्षमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने ठोस धारणा बनाउन पनि त्यत्तिकै जरुरी रहेको छ दावी गरे । 

धरानका शैक्षिक तथा ब्यापारीक र प्रशासनिक स्थलका रुपमा रहेको चतराराईन क्षेत्रलाई अझै बिकास गर्नै हो भने पुर्ण रुपमा बाल मैत्री वडा हुनु जरुरी रहेको पनि भण्डारीले बताए । 

भण्डारीले आजको बालक भोलीको कर्णधार भएको बताउँदै बालबालिकाहरूलाई घरबाटै बालमैत्री ब्यवहारको खाँचो रहेको औलाए । भण्डारीले संविधानमा नै बालबालिकाहरुका लागी रहेको नैसर्गिक अधिकारलाई बालबालिकाहरुले नै सदुपयोग गर्न पाउनुपर्नै बताए । 

बालमैत्री स्थानीय शासन वडा समिती तथा धरान १२ वडाका वडा अध्यक्ष टंक बहादुर राईको अध्यक्षतामा सम्पन्न बालमैत्री वडा घोषणा कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, जिल्ला समन्वय समिती प्रमुख कृष्ण कुमारी विश्वकर्मा,धरानका १९ वटै वडाका अध्यक्ष, नगरसभाका सदस्यहरु, नगर बाल सञ्जालका अध्यक्ष, वडा बाल सञ्जालका अध्यक्ष, बिभिन्न राजनितिक दलका नेताहरु, टोल बिकास संस्था तथा धरान वडा नं १२ का विद्यालयहरुका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्दै धरानलाई सुन्दर, शान्त र समुन्नत ढंगले मानव बसोबास योग्य शहर बनाउने पहिलो सूचक बालमैत्री व्यवहार नै भएको विचार व्यक्त गरे । 

सोही कार्यक्रममा बालबालिकाको उल्लेख्य उपस्थिति रहेको समेत रहेको थियो भने धरान १२ स्थित रहेको सुनाखरी बोर्डिङ्ग स्कुालका बालकालिकाहरुले बालमैत्री सम्बन्धी नाटक समेत प्रस्तुत गरेका थिए । 

सुनसरीको धरानमा बालमैत्री वडा घोषणा धमाधम भईरहेको छ भने यसअघि वडा नं १३,१४ र २० लाई पनि बालमैत्री वडा घोषणा गरिसकिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *