राष्ट्रपतिद्वारा १ हजार बढिलाई संविधान पदक तथा सम्मान (फाेटाे फिचर सहित)
मकालु खबर
२०७६ जेठ १७ गते
जेठ १७, काठमाडौं । संविधान लेखनमा महत्वपूर्ण योगदान पुर्याए वापत राष्ट्रपति विद्यादेवि भण्डारीले पहिलो तथा दोस्रो संविधान सभाका सभाषद्हरुलाई सम्मान गरेकी छिन् ।
आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित एक हजार एक सय नौजनालाई संविधानसभा पदकसहित सम्मान गरिएको हो ।
दुई वटै संविधानसभामा प्रतिनिधित्व गरेका सभासदलाई गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले संविधानसभा पदक वितरण गरेकी हुन् । सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु माधबकुमार नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत रहेका छन् ।
null
मकालु खबर
२०७६ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित