कलेजो खराब हुनबाट बचाउँछ यी खानेकुराले

 

जेठ १० ।  कलेजो मानव शरिरको अभिन्न अंग हो । मानिस बाँच्नकोलागि कलेजो अति आवश्यक पर्छ । कलेजो भएन भने मानिस बाँच्न सम्भव हुँदैन । आजभोली कलेजो खराब भई दैनिकी जसो धेरै व्यक्तिहरुको मृत्यु भएको खबर हामी जहाँतही सुन्न पाउँछौँ । 

कलेजाे विशेषगरी हामीले हाम्रो स्वास्थ्यमा हेलचेक्याई गर्दा खराब हुने हुन्छ । मुख्यगरी धुँवाधूलो, धु्रमपान, मध्यपान,खानपानमा ध्यान नदिँदा हाम्रो कलेजो खराब हुने गर्दछ । तर यी सब कुरा थाहा पाउँदा पाउँदा पनी मानिसहरु हाम्रो स्वास्थ्यको विषयमा हेलचक्याई गरिरहेका हुन्छन् । केही यस्ता खानाहरु छन् जसले हाम्रो कलेजो खराब हुनबाट बचाउँछ । ती खानाहरुको तल बयान गरिएको छ । 

null

चुकन्दर र गाँजर – यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ। त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ। 

प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन्। 

अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ। 

ग्रीन टी– यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो। यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ। ग्रीन टी स्वादिष्टमात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ। तर ख्याल गर्नुहोला एकै पटक धेरै ग्रीन टी पिउनु हुँदैन। 

एभोकाडो– पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ। 

स्याउ– यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ। 

जैतुनको तेल– जैतुनको तेलले पनि शरीरमा भएका हानिकारक पदार्थ निकाल्न मद्दत गर्छ। 

कागती – सिटरस जातका फलफुलमा उच्चमात्रामा भिटामिन सि पाइन्छ। बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ। 

बेसार – बेसारले पनि शरीरबाट विषाक्त पदार्थ हटाउन कलेजोलाई सहयोग गर्छ। यसले शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई पनि न्यून गर्छ। 

हरिया सागसब्जी – कलेजो सफा गर्ने शक्तिशाली खाद्य पदार्थमा हरिया सागसब्जी पनि पर्छन्। काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ। यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। 

ब्रोकाउली र काउली– यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ। यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ। यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *