देशभरका कार्यालयमा मेरो होइन, आफ्ना बच्चाको तस्बिर राख्नूः राष्ट्रपति जेलेन्स्की

 

जेठ ७, काठमाडौं । केही दिनअघि मात्रै युक्रेनको राष्ट्रपतिमा नियुक्त भएका भोलोदमिर जेलेन्स्कीले देशभरीका कार्यालयमा आफ्नो तस्विर नझुण्ड्याउन निर्देशन दिएका छन् । 

पदभार ग्रहण समारोहमा बोल्दै नवनियुक्त राष्ट्रपति जेलेन्स्कीले देशभरिका कार्यालयमा आफ्नो तस्विर नझुण्ड्याउन निर्देशन दिएका हुन् । 

null

निर्वाचित भएको एक महिनापछि जेलेन्स्कीले सोमबार राष्ट्रपतिको कार्यभार सम्हाल्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘देशभरिका कार्यालयमा म मेरो तस्विर होइन, तपाईंहरूको तस्बिर हेर्न चाहन्छु । राष्ट्रपति कुनै आइकन होइन, न मुर्ति हो । त्यो ठाउँमा तपाईंका बच्चाहरूका तस्बिर राख्नुस् अनि हरेक निर्णय गर्नुभन्दा पहिला उनीहरूका आँखामा हेर्नुस् ।’ 

हाँस्यकलाकारबाट युक्रेनका राष्ट्रपति बनेका भोलोदमिर पहिले दर्शकलाई हँसाउँथे, राजनीतिमा उनको खासै अनुभव छैन । अहिले भने उनको जिम्मेवारी फेरिएको छ ।उनी निर्वाचनमा वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गर्दै राष्ट्रपति बने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *