मानव फाउण्डेसनले प्रति विद्यार्थी २५ हजार छात्रबृत्ति वितरण

 

जेठ ४, जुम्ला । कर्णाली माध्यामिक विद्यालय अनामनगर जुम्लामा अध्ययनरत विद्यार्थीलाई मानव फाउन्डेसनले छात्रबृत्ति रकम हस्तान्त्रण गरेको छ । विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई चन्दननाथ नगरपालिकाका नगर प्रमुख तथा फाउण्डेसनकी अध्यक्ष कान्तिका सेजुवालले छात्रबृत्ति रकम हस्तान्त्रण गरिन् । 

कर्णाली माध्यमिक विद्यालय अनामनगरका तीन जना विद्यार्थीलाई छात्रबृत्ति वापत प्रति ब्यक्ति २५ हजार रुपैया उपलब्ध गराएको विद्यालयका शिक्षक देबेन्द्र तिमिल्सिनाले बताए । 

null

सामाजिक अभियन्ता एवं नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति स्वः मानव सेजुवाल यस विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष समेत रहेका थिए । सेजुवालकै योगदानका कारण विद्यालय जिल्लामा नमुनाको रुपमा समेत चिनिने गरको छ ।  

विद्यालयका कक्षा १ मा अध्ययनरत दिपेस बुढा, कक्षा ४ मा अध्ययनरत स्नेहा जिसी र निशा तिमिल्सिनालाई फाउन्डेशनले २५ हजारका दरले छात्रबृति रकम उपलब्ध गराएको हो । विद्यालयको शिक्षिका हुँदै कर्णालीकै पहिलो महिला प्रधानाध्यापक भएर विद्यालयमा सेवा गरेकी चन्दननाथ नगरपालिकाकी नगरप्रमुख सेजुवालले विद्यार्थी र विद्यार्थीका अभिभावकहरुलाई छात्रबृत्ति रकम हस्तान्त्रण गर्दै विद्यालयको शैक्षिक गुणस्तरबृद्धिको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताइन् ।  

छात्रबृत्ति रकम पाउँदा धेरै खुसी भएको विद्यार्थी निसा तिमिल्सिनाले बताइन् । रकमले कापि कलमका लागि सहज हुने अर्का विद्यार्थी दिपेस बुढाले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *