श्रीमतीको हत्या गरी घटना लुकाउने पक्राउ

बैशाख २४, काठमाडौँ । श्रीमान् श्रीमतीको झगडा हुँदा श्रीमतीको हत्या गरी २४ घण्टा सम्म घटना लुकाउने श्रीमान्लाई प्रहरीले पक्राउ गरेका छन् । 

 

पक्राउ पर्नेमा भुम्लु गाउँपालिका ६ काभ्रेका राजकुमार पहारी रहेका छन् । उनले बैशाख २१ गते राती श्रीमती २३ वर्षीय निर्मला नेपालको हत्या गरी यस घटनालाई २४ घण्टा सम्म लुकाई राखेका थिए । 

null

उनले घटना भएको भोलिपल्ट अब घटना नलुक्ने भएपछी आफन्तलाई खबर गर्दा घटनाबारे प्रहरीलाई थाहा भएको हाे । राजकुमार उनकै डेराबाट पक्राउ परेकाे प्रहरीले जनाएका छन् । 

काठमााडौंको बागबजारस्थित डेरा बस्दै आएका उनीहरु बिच विवाद हुँदा राजकुमार ले  श्रीमती निर्मलाको कपालमा समातेर पलङमा लडाइदिँदा निर्मलाको मृत्यु भएको राजकुमारले  प्रारम्भिक बयान दिएकाे प्रहरीले जनाएकाे छ । 

पक्राउ परेका उनीमाथी आवश्यक कारवार्ही अघी बढाई सकिएको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *