एन आई सी एशियाको नयाँ शाखा काठमाडौंको टोखामा

जेठ ७, काठमाडौं । ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय सुरु गरेको छ । आज उक्त शाखा कार्यालयको आज औपचारिक उद्घाटन गरिएको छ ।  

काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, टोखा शाखाको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरे । उक्त अवसरमा बोल्दै मेयर अधिकारीले सर्वसाधारण जनतालाई बैंकले पुर्याएको सेवा प्रति प्रशंशा ब्यक्त गरे । 

एन आइ सी एशिया बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

null

करिब १६ लाख ग्राहक भएको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *