नेपाली समाजले युद्ध चाहेको छैन, विप्लवसँग वार्ता गरः ऋषिकेश जंग शाह
जेठ १, काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाली समाजले युद्ध नचाहेको र आफूहरुले पनि युद्ध नचाहेको बताएका छन् ।
सरकारले विप्लवलाई प्रतिबन्ध लगाएर युद्ध निम्त्याउन खोजेको भन्दै तत्काल विप्लवसँग वार्ता गर्न शाहले सरकारलाई आग्रह पनि गरे ।
null
बुधबार ११ विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको विद्यार्थी एकता दिवस तथा विरोध कार्यक्रममा बोल्दै पूर्व उपाध्यक्ष शाहले युद्ध नेपाली समाजले चाहेको छैन, हामिले चाहेका छैनौँ भन्दै सरकारलाई विप्लवसँग वार्ताको वातावरण बनाउन आग्रह गरेका हुन् ।
साथै उनले विप्लवका विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई तत्काल रिहाई गर्न पनि माग गरे । सरकारले अध्यक्ष ढकाललाई तत्काल रिहाई नगरे देशभर शैक्षिक हड्ताल गर्ने पनि उनले चेतावनी दिए ।
कार्यक्रममा संघीय समाजवादी विद्यार्थी संगठनका अध्यक्ष महासचिव प्रकाश राई, अखिल क्रान्तिकारीका अध्यक्ष हरि कृष्ण गजुरेल, अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र, नयाँ विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, राजपा विद्यार्थीका संगठनका महासचिव रन्जित निश्पक्ष, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रबिन मिश्र, अखिल क्रान्तिकारीका सचिवालय सदस्य मिलन राईको उपस्थिति रहेको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए ।