औषधी खर्च जुटाउन नसकेर आत्महत्या
मकालु खबर
२०७६ जेठ ४ गते
जेठ ३, बुटवल । रुपन्देहीको कञ्ज गाउँपालिकामा –३ झारगैरामा एक ६० वर्षिय महिलाले पासो लगाई आत्महत्या गरेकी छिन् ।
तीन सन्तानकी आमा लक्ष्मी खत्रीले आफ्नै घरको बलोमा पासो लगाई आत्माहत्या गरेकी ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।
null
घरको आर्थिक अवस्था कमजोर भएकी खत्री सुगर रोगले ग्रसित भएको कारण उपचार खर्च जुटाउन नसकेर आत्महत्या गरेकी हुन सक्ने स्थानियवासीले आशंका गरेका छन् ।
मृतकका तीन सन्तान मध्ये दुई सन्तान भारतमा रहेको र एक सन्तान छिमेक मलावरदेबीमा होटल संचालन गर्दै आईरहको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित