खैरहनीका डकर्मीलाई भुकम्प प्रतिरोधी तालिम

 

जेष्ठ ६, चितवन । खैरहनी नगरपालिका भित्र रहेका डकर्मीहरुलाई भुकम्प प्रतिरोधी निर्माण सम्वन्धी तालिम दिईएको छ । 

खैरहनी नगरपालिकाले गेटवे इन्जिनियरिङ कन्सल्टेन्सी काठमाडौको प्राविधिक सहयोगमा यहाँका डकर्मीहरुलाई एक हप्ता सम्म तालिम दिएको हो । तालिमको समापन गर्दै खैरहनीका मेयर लालमणी चौधरीले प्रतिस्पर्धा गरेर सस्तोमा भवन निर्माण नगर्न डकर्मीहरुलाई सुझाव दिए । 

null

 

सस्तोमा घर वनाउँदा मजवुद नहुन सक्छ मेयर चौधरीले भने सवै काम आफुले लिन्छु भनेर सस्तोको नाममा सम्झौता नगरौ । मेयर चौधरीले शीप र ज्ञानलाई परिमार्जन गर्दै समय परिस्थिती अनुसार चलनु पर्नेमा जोड दिए । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले घर धनीले आफुले सक्ने अनुसार भवन वनाउने हुँदा सवै भवन भुकम्प प्रतिरोधी वनाउन डकर्मीहरुलाई आग्रह गरे । 

तालिम समापनमा खैरहनीका मेयर चौधरी, उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत शर्माले सहभागी डकर्मीहरुलाई तालिमको प्रमाणपत्र वितरण गरे । २५ जना डकर्मी तथा ठेकेदार सहभागी तालिममा इन्जिनियर नारायण आचार्यले भुकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धमा प्रशिक्षण दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *