पत्रकारलाई दण्डित गर्ने कुरा कांग्रेसलाई स्वीकार छैनः सांसद भुसाल


जेठ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सरकारले प्रेसलाई नियन्त्रणमा लिन खोजको आरोप लगाएकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद भुसालले यस्तो आरोप लगाएकी हुन् ।
null
‘जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्र र विधिको शासनमा अहिलेको सरकारले पत्रकार जगतलाई नियन्त्रण गर्न खोजको छ । निषेध गर्न खोजेको छ । शक्ति हातमा लिएर दण्डित गर्न खोजको छ । जुन कुरा प्रमुख प्रतिपक्षी दललाई स्वीकार छैन ।’
उनले अभिव्यक्ति र विचारको स्वतन्त्रता, पत्रकारिताको स्वतन्त्रता र सूचनाको हक भनेर संविधानमा लेखिसकेको परिपेक्षमा नेपाल सरकारले संविधानको मूल्य मान्यताको विपरित राज्य नियन्त्रित प्रेस बनाउनु गलत भएको बताइन् ।
‘हामी जनता शक्तिशाली बन्नुपर्छ । जनताले सुशासनको अनुभुति गर्न पाउनुपर्छ भन्ने हामी चाहन्छौँ । त्यसैले कुनै पत्रकार, मिडिया तथा जनताले सरकारविरुद्ध कुनै आवाज उठायो भने त्यो आवाजलाई दबाउनका लागि सरकारले जुन विधेयक प्रवेश गराएको छ, त्यसको हामी घोर भत्र्सना गर्न चाहन्छौँ’, सांसद भुसालले भनिन् ।
