व्यापक आलोचनापछी यी दुई पत्रकार रिहा

  

बैशाख २४ ।  म्यानमारले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका दुई पत्रकार वा लोन र क्वा सोए ओलाई मुक्त गर्ने फैसला गरेको छ । 

 

null

ती दुई पत्रकारलाई ‘अफिसियल सेक्रेट एक्ट’ उल्लंघन गरेको आरोपमा सात महिनाअघि सात वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१७ मा सुरक्षाकर्मीले १० जना मुसलमानलाई पक्राउ गरेर हत्या गरेको घटनाबारे समाचार लेखेपछि ती दुईमाथि मुद्धा चलाइएको थियो । 

यांगूनको बाहिरी हिस्सामा रहेको जेलबाट बाहिर निक्लिएपछि ३३ वर्षका वा लोनले भने ,‘म निक्कै खुसी छु । आफ्ना परिवार र साथीहरुलाई देखेर म निक्कै खुसी छु । म पुन काममा फर्किन व्यग्र छु ।’ 

आफ्ना कमचारी जेल मुक्त भएपछि रोयटर्सका प्रधानसम्पादक स्टेभन जे एड्लरले भने ,‘ म्यानमारले हाम्रा साहसी संवादाताहरुलाई मुक्त गर्ने फैसला गरेको छ । यसबाट हामी निक्कै खुसी छौं । ती दुई प्रेस स्वतन्त्रताको प्रतिक बनिसकेका थिए ।’ 

यी दुई पत्रकारले अघिल्लो महिना पुलित्जर पुरस्कार जितेका थिए । 

यी दुईलाई सजायँ दिइएपछि संसारभरीबाट म्यानमार सरकारको आलोचना भएको थियो । सामाचार लेखेकै आधारमा पक्राउ परेकाले उक्त कदमलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण बताइयो ।  

लोन र क्यायलाई अन्य हजरौं कैदीसँगै रिहा गरिएको छ । तिनलाई नयाँ वर्षको मौकामा राष्ट्रपतिले मुक्त गर्न निर्देशन दिएका थिए । म्यानमारमा हरेक वर्षको पहिलो दिन राम्रो आचरण देखाएका कैदीका बाँकी जेल समय माफी दिने प्रचलन छ । 

रोयर्टस पत्रकारलाई पनि यस सूचीमा राख्न अन्तर्राष्ट्रिय दवावले काम गरेको विश्वास गरिएको छ । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *