साकार हुँदैछ रेल ल्याउने सपनाः अध्यक्ष प्रचण्ड

 

बैशाख ३०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेल ल्याउने सपना साकार हुन लागेको बताएका छन् । 

सोमबार आयोजित राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा उनले रेल ल्याउने कुरा सपना जस्तो लागे पनि विपनामा परिणत हुन लागेको बताएका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘मैँले चीन भ्रमण जाँदा त्यहाँका राष्ट्रपतिलाई भेटेर ल्हासाबाट काठमाडौं हुँदै पोखरा र लुम्बीनीसम्म रेल लैजाने कुरा गरेको थिएँ । उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । अब छिट्टै साकार हुँदैछ रेल ल्याउने सपना, तपाईं हाम्रै पालामा ।’ 

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले लुम्बिनी–पशुपति–जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बन्न जरुरी रहेको पनि बताए । 

पछिल्लो पटक भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयमा छलफल गरेको पनि स्मरण गराए । सो कुरा सम्भव भएमा धार्मिक पर्यटनको विकासमा क्रान्ति नै आउने उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *