१३ वर्षिय बालिकाको हत्याको आरोपमा परियार दम्पती पक्राउ

बैशाख १७, लमजुङ ।  लमजुङको दोर्दी गाउँपालिका–२ की १३ वर्षीया अनिशा परियारको बलात्कारको प्रयासपछी हत्या भएको छ । हत्याको आरोपमा एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी–३ श्रीमञ्ज्याङका ४५ वर्षीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियार रहेका छन् । 

 

अर्चलबोटको लक्ष्मीनारायण माद्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने अनिसा हजुरबा, हजुरआमा र आफ्ना बुवाआमासँगै बिहेमा तनहुँ गएकी र फकिँदा बाबु काममा र आमा कापी किताब किन्न गएकोले उनी नाताले हजुरबुवा र हजुरआमा पर्ने दोर्दी–३ श्रीमञ्ज्याङका ४५ वर्षीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियारसँग घर फर्केकी थिइन् । उनलार्ई राजकुमारले घर पुर्याए पनी राजकुमार आफ्नो घर नफर्की एक्लै रहेकी अनिशासँगै बसेको प्रहरी जानकारी दिएको छ । 

null

अनिशाको शव वैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा फेलापरेपछी प्रहरीले अनुसन्धान थालेको र हत्याको आशंकामा राजकुमार र उनकी श्रीमतीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्या गरेको यी दाम्पत्तीले स्वीकार गरेको हो । राजकुमारले घरमा एक्ली भएकी अनिशालाई जबर्जस्ती गर्न खोज्दा नमानेपछी घटना  सार्वजिनक हुने डरले आफुले बालिकाको घाँटी थिची हत्या गरेको स्वीकार गरेकाे प्रहरी प्रमुख डिएसपी यादव ढकालले बताएका छन् । 

उनीहरुले हत्या स्वीकार गरेपछी जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार उनीहरु विरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाइने छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *