सल्टियो प्रदेश १ को राजधानी विवाद, खुल्यो विराटनगर

 

बैशाख २३, विराटनगर । अन्ततः सम्पूर्ण संरचनाहरु सहित प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर नै हुने भएको छ । 

विराटनगरमा आन्दोलनरत् पक्ष र प्रदेश सरकारबीच सोमबार विराटनगर रोड शेष चोक स्थित बिग होटलमा भएको वार्तामा कार्यपालिका, व्यवस्थापिका लगायतका सम्पूर्ण संरचनाहरुसहित प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर राख्ने सहमति भएको छ । 

null

सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिबद्धता जनाएसँगै आन्दोलन फिर्ता भएको छ । 

वार्तामा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश राजधानी विराटनगरमा नै रहने र व्यवस्थापिका र कार्यपालिकाका संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने मुख्यमन्त्री र प्रदेश सांसदहरुको प्रतिबद्धतापछि आन्दोलन स्वरुप गरिएको विराटनगर बन्द सोमबार दिउँसो ४ बजेपछि फिर्ता गर्ने सहमति भएको जानकारी दिए । 

मुख्यमन्त्री राई र सांसदहरुले संसदमा राजधानीको विषयमा दर्ता भएको प्रस्तावमाथि परेका संशोधन प्रस्तावहरु पनि फिर्ता लिने प्रतिबद्धता जनाएको प्रमुख सचेतक कार्कीले बताए । 

आइतबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलले प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने निर्णय गर्दै कार्यपालिका र व्यवस्थापिकाको संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासको क्षेत्रमा राख्ने गरी राजधानीको प्रस्ताव प्रदेशसभामा औपचारिक रुपमा दर्ता गराएको थियो । 

यसअघि सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले प्रदेश नं. १ को राजधानी विराटनगर राखेपनि विकेन्द्रीत गर्न खोजेको भन्दै विराटनगर महानगरवासी अनिश्चितकालीन बन्दको आह्वान गर्दै आन्दोलनमा उत्रिएका थिए । सोही निर्णय अनुसार सोमबार बिहानैदेखि बन्द हड्ताल सहित ठाउँ–ठाउँमा प्रदर्शन गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *