सुतिरहेकी महिलामाथि खुकुरी प्रहार

झापा, ९ जेठ । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मेचीनगर नगरपालिकामा एक महिलालाई गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा वडा नम्बर १० धुलाबारीकी ४१ वर्षीया आरती चौहान बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । घाइते चौहानको आम्दा अस्पताल धुलाबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको जनाइएको छ । 

 

घरमा सात वर्षीया छोरी अर्पणसँगै सुतिरहेकी चौहानलाई बुधबार मध्यरातमा आएका अपरिचित दुई जना व्यक्तिले खुकुरी प्रहार गरेका थिए । राति खाना खाएर आमाछोरी एउटै कोठामा सुतेका अवस्थामा अपरिचित व्यक्तिहरु कोठामा प्रवेश गरी आमाको टाउकोमा खुकुरी प्रहार गरेको छोरी अर्पणाले बताएकी छिन् । आरती कोठाभित्र अर्धनङ्ग अवस्थामा बिहान भेटिएकी थिइन् । कोठा रक्ताम्य अवस्थामा थियो । 

null

घटनाबारे बिहीबार बिहान अर्पणाले झ्यालबाट कराएर बोलाउँदा स्थानीयले थाहा पाएका थिए । बालिका कराएपछि हेर्न जाँदा बाहिरबाट ढोकामा चुक्कुल लगाइएको भेटिएको स्थानीयहरुले बताएका छन् । घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय र काकँडभिट्टाको टोली घटनास्थल पुगेका थिए । घटनाबारे अनुसन्धान सुरु गरिसकेको र खुकुरी प्रहार गर्ने व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *