बिछोडको पीडा केवल उनीहरुका लागि मात्र (कविता)
लेखकः उदयराज पाण्डेय/गुल्मी
भन्थ्यौ साथ म दिन्छु जीवनभरि कस्तै परे तापनिभन्छौ फोन नगर्नु भेट्न कहिल्यै खोज्दै नखोजे भनी ।वाणी सुन्न र भेट्न आतुर निकै भा को छु हे प्रियसीचाहेरै पनि भेट्न पाइन बरै बेहाल् भयो जीन्दगी ।
null
के पो शेष रह्यो तिमी म बिचमा सारा कुरा काट्दथेबेवास्ता गरि हिड्दथ्यौ नि उहिले निर्बाध् कुरा साट्दथें ।होलान् दोष अनेक मानिस म हो निर्दोष् छु नै भन्दिनयो आत्मा अति तड्पिदै छ अहिले ती यादमा दिन्दिन ।
पंक्षीले जब कुञ्जमा सुरसिला भाकाहरू भर्दछन्तिम्रै याद गरी म बस्दछु सधै आशा सबै जाग्दछन् ।सच्चा प्रेम थियो तिमी म बिचमा खै के भयो के भयो !छाड्यौ साथ जसै त जीवन कठै तड्पाइमा नै वित्यो ।
फुल्दा फूल अनेक औ हिमगिरी हाँस्दा र एकान्तमा तिम्रै ठान्छ अभाव यो दिल सधै तड्पेर जाऊँ कहाँ ?यात्रा सुन्दर लाग्दथ्यौ नि पहिले थ्यो साथ तिम्रो र पो यात्री एकल यो भएर जगमा बाँच्नै निरर्थक भयो ।
हाम्रा ती पल सम्झिदा अतितका बढ्दैछ धड्कन् अतिरोएको मन यो थमाउ कसरी रु जल्दैछ प्रत्येक घडी ।आफ्नो स्वार्थ गरेर सिद्ध अहिले पाखा लगाए पनिधानेको छु सहेर जीवन यहाँ पीडा त आए जति ।
मर्ने छैन कदापि प्रेम दिलको मार्छौ भने के गरूँ । यो स्वार्थी दुनियाँ रहेछ नबुझी अन्धो भए के गरूँ धोका नै दिनु थ्यो भने त उहिले चट्नी चखायौ किन देखाई ललिपप् फसाइ भुमरी राम्रै लगायौ गुन ।