देशैभरका मन्दिरमा ‘हिन्दु राज्य पुनस्र्थापना’को ब्यानर राख्ने राप्रपाको निर्णय

 

बैशाख ३१, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दू राष्ट्रको माग गर्दै देशभर ब्यानर राख्ने भएको छ । 

राप्रपा जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले हिन्दू राज्य पुनस्र्थापनाका लागि ७७ वटै जिल्लाका मठमन्दिरमा ब्यानर राखी प्रदर्शन गर्ने निर्णय गरेको हो । 

null

आन्दोलन सँगसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियान तिव्र बनाउने, काठमाडौं उपत्यका भित्रका १५ वटै निर्वाचन क्षेत्रमा जेठ १५ गते भित्रमा क्षेत्रीय भेला सम्पन्न गर्नेसमेत निर्णय भएको छ । 

बैठकले मेची–महाकाली राष्ट्रिय स्वभिमान यात्राको क्रममा छुटेका पहाडी जिल्लाहरुमा जेठ १५ देखि सुरु गर्ने यात्रालाई आन्दोलनकै रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो। 

यस्तै, हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गरी देशभर संकलन गरिएका हस्ताक्षर प्रदर्शनी सहित सरकारलाई बुझाउने तयारी पनि राप्रपाको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *