आर्मीको लगातार तेस्रो जित

 

जेठ १४, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ । 

समूह ‘बी’ को खेलमा आर्मीले मंगलबार कार्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

null

आर्मीको यो तेस्रो जित हो । यसअघि आर्मीले पहिलो खेलमा प्रदेश नम्बर २ लाई १७१ र दोस्रो खेलमा प्रदेश नम्बर १ लाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

आर्मीले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको कार्णाली ३५.१ ओभरमा १ सय ७३ रनमा अलआउट भयो । कर्णालीका लागि सुशान्त थापाले ३१ रन जोडे भने रवीन्द्र शाहीले १३, ललित प्याकुरेलले २८ र युनिस सिंहले २० रन बनाए । 

आर्मीका सुसन भारीले ४ विकेट लिए । सहाब अलाम र करण केसीले २–२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९० रन बनाएको थियो । आर्मीका लागि राजु रिजाल, हरिकृष्ण झा र रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । ओपनर राजुले ६६ रनको योगदान दिदा रोहितले ५६ रन बनाए । यस्तै हरिकृष्णले ५२ रन जोडे । 

त्यस्तै आर्मीका लागि करण केसीले २८ तथा साहब आलम र लोकेन्द्र चन्दले १६–१६ रन जोडे । 

कर्णाली प्रदेशका ललित प्याकुरेलले ५ विकेट लिए भने रविन्द्र शाहीले २ विकेट लिए । 

जितसँगै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह बी को शीर्ष स्थानमा रहेको आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ । अंकविहीन कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *