विखण्डनवाद र हिंसाको राजनीति अन्त्य भएको राष्ट्रपतिकाे दाबी

 

बैशाख २०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षका उपलब्धीहरु उत्साहजनक भएको दाबी गरेकी छिन् । 

सरकारको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो दाबी गरेकी हुन् । 

null

‘हरेक दिन एक कदम अगाडि बढ्ने दृष्टिकोणले जनता उत्साहित भएका छन्। सरकारले विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्य गरेको छ । राष्ट्रिय एकता र अखण्डता सुदृढ भएको छ’, उनले भनिन् । 

जनअभिमतलाई सम्मान गर्ने सबै राजनितिकहरु संविधानको प्रबन्धलाई आत्मसात गरी राष्ट्रिय राजनीतिको मूल धारमा आवद्ध हुनु यस अवधिको असाधारण उपलब्धि भएको उनको भनाइ छ । 

उनले राजनीतिक दलहरु राजनीतक सिद्धान्तको आधारमा एकीकृत हुँदै जानु सुखदस्थिति बनेको बताइन्। राष्ट्रपति भण्डारीले यसबीच अन्तर्राष्ट्रिय जगतमा नेपालप्रतिको विश्वास बढेको पनि बताइन्। 

यस्तै उनले पर्यटक आगमनमा ३३ प्रतिशतले वृद्धि भएको पनि जानकारी दिइन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *