बालकको अपहरणपछि हत्या गर्ने २ जनालाई प्रहरीले गोली हान्यो

 

जेठ १५, काठमाडौं । प्रहरीले बालक अपहरणपछि हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले पर्साका ८ वर्षीय बालक करण साहको अपहरण गरी हत्या गर्ने तीन जना मध्ये एक भारतीयसहित २ जनालाई गोली हानेर पक्राउ गरेको हो । उनीहरु भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । 

null

प्रहरीले चार राउण्ड फायर गरेको हो । प्रहरीको गोली लागेर भारत विहारका विकाश शर्मा र बारा कलैयाका सिकेन्द्र साह घाइते भएका छन् । दुवै जनाको दाहिने खुट्टामा गोली लागेको छ । नारायणी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । 

गत शुक्रबार घर अगाडि खेलिरहेको अवस्थामा बालकलाई उनीहरू र बाराको खपरताता बस्ने २१ वर्षीय राम विनेश महतो मिलेर अपहरण गरेका थिए। बालकको शव बाराको कलैया–२५ स्थित खौराही खोलाको किनारमा भेटिएको थियो । 

उनीहरुले सुरुमै हत्या गरी बालक करणको आवाजको रेकर्ड सुनाएर परिवारसँग ३० लाख फिरौती रकम मागेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *