वाणिज्य तथा आपुर्ति: ११ अर्ब ७४ करोड, सुर्खेतमा पथ्थर कारखाना

जेठ १५, काठमाडौं । नवलपरासीको फलामखानीबाट आगामी वर्षबाट फलाम उत्पादन सुरु गरिने भएको छ । सुर्खेतमा बहुमुल्य पथ्थरको कारखाना सञ्चालन गर्ने भएको छ । सार्वजनिक निजी साझेदारीमा खानी उद्योगहरुलाई अघि बढाइने छ । 

वाणिज्य तर्फः निर्यात जन्य वस्तुहरुको अन्तराष्ट्रिय बजार प्रर्वद्धन गरिनेछ । चोभारमा अन्तराष्ट्रिय स्तरको सुख्खा बन्दरगाह, रसुवागढीको सुख्खा बन्दरगाह र भैरहवा तथा नेपालगञ्चको चेक पोस्ट निर्माण कार्य यसै आर्थिक वर्षमा सुरु गरिने भएको छ । 

मुस्ताङको नेचुङ र ताप्लेजुङको ओलाङचुङगोलामा भन्सारको पूर्वाधारको विकास गरिने भएको छ । आपुर्ति तथा भण्डारण कार्यलाई प्रभावकारी बनाइनेछ । आपुर्ति ब्यवस्थालाई प्रतिष्पर्धी बनाइने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति क्षेत्रका लागि सरकारले ११ अर्ब ७४ करोड विनियोजन गरिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *