गोप्यता भंग गरेको आरोपमा बेलायती रक्षामन्त्री बर्खास्त

 

बैशाख १९, काठमाडौं । बेलायती रक्षामन्त्री गेभिन विलियम्सलाई गोप्य सूचना चुहाएको आरोपमा बर्खास्त गरिएको छ । 

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा छलफल भएको संवेदनशील विषयबारे गोप्यता भंग गरेको आरोपमा उनलाई बर्खास्त गर्ने निर्णय गरिएको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

null

प्रधानमन्त्री टेरिजा मे ले भनेकी छिन्, ‘२३ अप्रिलको बैठकको जानकारी लीक हुनु गम्भीर विषय हो र यो निराश बनाउने कुरा पनि हो । त्याे समयमा बेलायतमा ५ जी नेटवर्क तैयार गर्ने विषयमा छलफल चलिरहेको थियो । बैठकको जानकारी लीक भएको मामिलाबारे अनुसन्धान भइरहेका बेला विलियम्सनले यस विषयमा कुरा गर्नै इन्कार गरे ।’ 

यता विलियम्सनले भने आफूले सूचना लिक नगरेको दाबी गर्दै आइरहेका छन् । 

विलियम्सन रक्षामन्त्री पदबाट बर्खास्त भएसँगै अब उक्त पदमा पेनी मोर्डन्टले रक्षामन्त्रीको भूमिका निर्वाह गर्नेछन् । 

विलियम्सन सन् २०१७ देखि बेलायतको रक्षा मन्त्री थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *