धरानका सञ्चार गृहहरु संगठित

जेठ ११, धरान । सञ्चार क्षेत्रको एकीकृत र संगठित विकासका लागि धरानमा रहेका सञ्चार गृहहरु संगठित भएका छन् । धरानमा सञ्चालित छापा माध्यमका सञ्चालकहरुको भेलाले सञ्चार गृह संघ, नेपाल धरान सुनसरी गठन गरेको छ । 

औजार प्रकाशन सहकारीका संस्थाका अध्यक्ष मोतिराज सुनुवारको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा पिपुल्स मिडिया सर्भिस नेपाल प्रा.लि.द्धारा प्रकाशित मर्निङ टाइम्स दैनिकका प्रवन्ध निर्देशक सागर भट्टराई र सचिवमा फास्ट मिडियाका केशव घिमिरे चयन भएका छन । 

त्यसैगरी समितिको सदस्यमा कोशी मिडिया प्रालिका अध्यक्ष शंकर घिमिरे, धरान साप्ताहिकका प्रकाशक/सम्पादक मणिराज भट्टराई, महाप्रतिवाद साप्ताहिकका प्रकाशक/सम्पादक तारा लामगादे, दिव्य रोशनी साप्ताहिककी प्रकाशक/सम्पादक मनिता चाम्लिङ, विजयपुर साप्ताहिककी प्रकाशक/सम्पादक गंगा पौडेल र हाम्रो कोशी आवाज साप्ताहिकका प्रकाशक शेखर जोगी रहेका छन् । 

null

संघले सञ्चार क्षेत्रको व्यवसायिक विकासमा भौतिक पूर्वाधार र दक्षताको महत्वपूर्ण योगदान हुने हुनाले सो बिषयमा विभिन्न सरोकारवालाहरुसँग पहल गर्ने भएको छ । स्थानीय र प्रदेश सरकारलाई सञ्चार क्षेत्रको विकासमा सहयोग गर्नका लागि दवाव दिने कार्यक्रम पनि रहेको संघले जनाएको छ । संघले सबै स्थानीय सञ्चार माध्यमहरुलाई समेट्दै जाने लक्ष्य राखेको जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *