भान्छामा पाईने यी सामानबाट यसरी आफ्नो सौन्दर्य बढाऔँ
जेठ ३ । एउटा सुन्दर व्यक्तीले जो कोहीलाई नि आफ्नो प्रभावमा पार्न सक्छ । मानिसले सौन्दर्यको लागि दैनिकी कति खर्चहरु गरिरहेका हुन्छन् । सौन्दर्यको लागि नै कस्मिेटिक देखी लिएर बिभिन्न प्लाष्टिक सर्जरीमा लाखौँ खर्चहरु गरिरहेको पाईन्छ ।
हामीले हाम्रो घरमा पाईने घरेलु बस्तुबाट पनी आफ्नाे अनुहारकाे सौन्दर्य बढाउँन सक्छौँ भन्ने कुरा धेरै कमलाइ थाहा होला । हामीले दैनिक उपभोग गर्दै आईरहको भान्छाघरको सामानबाट पनी आफ्नो सौन्दर्यको ख्याल गर्न सकिन्छ । आफ्नाे भान्छाघरमा पाइने यी बस्तुबाट आफ्नाे अनुहार यसरी चम्कीलाे र राम्राे बनाउँनुहाेस् ।
null
केरा
केराको बोक्रा छोडाउनुहोस् अनि पिँधेर अलिकति मह हाल्नुहोस् अनि अनुहारमा लगाएर दश मिनेटपछि सफा पानीले धुने गर्नाले पनि छालामा चमक आउँछ ।
मह
अनुहारमा दिनहुँ मह दलेर धुने गरेमा छाला नरम तथा चम्किलो बन्ने, छालामा संक्रमण हुन नपाउनुका साथै छालालाई सुख्खा हुनबाट पनि जोगाउँछ । महमा कागतीको रस मिलाएर अनुहारमा लगाउँदा झनै फाइदाजनक हुन्छ ।
कागतीको रस
कागतीको नियमित सेवन’ मानिसको स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी लगायतका तत्व पाइन्छ । यसको नियमित सेवन सरीरमा मोटोपना घटाउन समेत सहायकसिद्ध हुन्छ भने कागतीको रस अनुहारमा नियमित लगाएर अनुहार सफा गर्दा अनुहारका डण्डीफोर, धब्बा तथा अनुहारको चिल्लोपना समेत हटाउन सहयोग पुग्ने सौन्दर्य विज्ञहरु बताउँछन् ।’
स्ट्रबेरी
स्ट्रबेरीमा पर्याप्त भिटामिन सी, एन्टिअक्सिडेन्ट तथा एक्सफोलियन्ट तत्व पाइन्छ । स्ट्रबेरीलाई पिँधेर लेदो बनाउनुहोस् अनि त्यो लेदो अनुहारमा दलेर केही बेर राखी धुनुहोस् । यसले अनुहारको छालालाई नरम र चम्किलो बनाउँछ । दही र महमा स्ट्रबेरीको लेदो मिलाएर अनुहारमा लगाउँदा झनै फाइदा हुन्छ ।’
अण्डा
अण्डाको सेतो भाग अनुहारमा दल्नाले अनुहारको छाला सुख्खा हुनबाट बचाउँछ भने पहेँलो भागले छालालाई चम्किलो र मजबुत बनाउँछ ।