जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गरिनु पर्नेः सांसद सिंह

बैशाख २६, काठमाडौं । जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गरिनु पर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारसँग माग राखेका छन् । 

उनले आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भाग लिँदै यि माग राखेका हुन् । ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार बैठकमा सहभागी जनाउँदै सरकारले ऐन उलंघन गरेर कर्मचारी सरुवा गर्ने काम गर्न नपाउने पनि स्पष्ट पारेका छन् । 

२ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उलंघन गरेको ? भन्दै उनले सरकारलाई प्रश्न समेत तेर्साए । छलफल भईरहेको सो विधेयक कर्मचारीहरुले आफ्नो मनखुसीले तयार पारेको देखिएको उल्लेख गर्दैै आपत्ति पनि जनाएका छन् । 

null

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने कानुन र नियमावलीमा स्पष्ट नभएको कुरालाई सरकारले आवश्यक नीतिगत निर्णय लिएर अघि बढाउने  स्पष्ट पार्दै कानुन सम्मत ढंगले कर्मचारी सरुवा हुने गरेको जवाफ दिएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *