तीन वर्षीया बालिका बलात्कार हुँदा कर्फ्यू जारी

 

बैशाख ३१,भारत ।   भारत प्रशासित कश्मिरमा एक तीन वर्षीया बालिकामाथि बलात्कार भएको खबर सार्वजनिक भएको छ । घटनापछि बन्दिपुरा जिल्ला र घाटीका विभिन्न इलाकामा विरोध प्रदर्शन भए । बालिका र अभियुक्त संबुलका मलिक पुरा इलाकामा बस्छन् । यी क्षेत्रमा कर्फ्यू लगाइएको छ । 

सुरक्षा बलले मलिक पुरा जाने सबै बाटो बन्द गरेका छन् । यहाँसम्म कि मिडियाकर्मीलाई पनि त्यहाँ जाने अनुमती छैन । इलाकामा कुनै पनि अप्रिय घटनासँग जुध्नका लागि सडकमा अत्यधिक मात्रामा सुरक्षा बल तैनाथ गरिएका छन् । 

null

बारामुला इलाकामा सोमबार हिंस्रक प्रदर्शन भए जसमा थुप्रै घाइते भएको खबर छ । एक प्रदर्शनकारीको स्थिती गम्भीर बताइएको छ । यो घटनापछि पूरा घाटीमा रोषको स्थिती छ । पुलिसले अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान अघि सारेको छ । 

 

बालिकाका पिता शायर अली डारले उनकी छोरीमाथि स्कूलको बाथरुमभित्र बलात्कार भएको जानकारी दिए । यो स्कूल उनको घर नजिकै छ । 

अली डारले बीबीसीसँग भने, ‘यो ९ मेको घटना हो । बेलुका करिब ७ बजे म रोजाका लागि मस्जिद गएको थिएँ । यसैबीच मेरी श्रीमती छोरीलाई खोज्दै घर बाहिर आइन् । उनले छोरीलाई बोलाइन् तर छोरीले बोलिनन् । उनी पटकपटक छोरीलाई बोलाइरहिन् । त्यसको केही बेरपछि स्कूलबाट केही आवाज आयो । त्यहाँ एउटा सानो पोखरी पनि छ । हामीले सोच्यौं कि उनी पानीमा डुबिरहेकी छिन्, त्यतिबेलासम्म हामीलाई वास्तविकताबारे थाहा थिएन ।’ 

अली भन्छन्, ‘छिमेकीका केही महिलाले मेरी श्रीमतीलाई स्कूलबाट केही आवाज आइरहेको बताउँदै छोरी पोखरीमा खसेको हुनसक्ने बताए । हामी पोखरीतिर गयौं तर त्यहाँ उनलाई देखिएन । हामी निकै आत्तिएका थियौं ।’ 

अलीले भने, ‘हामीले छोरीलाई एकपटक पुनः बोलायौं । यतिबेला छोरीको आवाज निकै मलिनो थियो । उनी मम्मी मम्मी भनिरहेकी थिइन् । त्यसपछि हामीले उनलाई निकै खराब स्थितीमा स्कूलको बाथरुममा पायौं । अभियुक्त त्यहाँबाट भाग्ने कोसिस गरिरहेका थिए तर हामीले उनलाई छिमेकीको सहयोगमा समात्न सफल भयौं । मेरी छोरीको कपडामा रगतको धब्बा थियो र बाथरुममा पनि रगत चुहिएका थिए । हामीले तत्काल अभियुक्तका पिता र भाइलाई बोलायौं र अभियुक्तको कर्तुतबारे जानकारी दियौं ।’ 

 

त्यसपछि अली डार र उनका छिमेकी सिधा पुलिस थाना गए र अभियुक्तलाई पुलिसलाई सुम्पिए । उनले भने, ‘हामी अभियुक्तलाई बच्चाबेला देखि नै चिन्दथ्यौं । उनी हाम्रा छिमेकी हुन् । अभियुक्तले मेरी छोरीलाई बारम्बार बाहिर समेत लिएर जाने गर्दथे तर हामीले सपनामा पनि सोचेका थिएनौं कि यस्तो हुनेछ ।’ 

पुलिसको अनुसन्धानमा अली डार अहिलेसम्म सन्तुष्ट भएको बताउँछन् । उनले भने, ‘पुलिसले सहयोग गरिरहेको छ । अभियुक्तले कडाभन्दा कडा सजाय पाउनुपर्छ ।’ 

यद्यपी, अभियुक्तका पिता अब्दुल रहमानले आफ्ना छोरामाथि लगाएको आरोप खारेज गरेका छन् । उनले बीबीसीसँग भने, ‘यो आरोप शत प्रतिशत निराधार हो । यो जमिनसँग जोडिएको मामला हो । मैले आफ्नो घर उनीहरुलाई (बालिकाका परिवार) बेचेको थिएँ । बालिकाको परिवारको बयान पूर्ण रुपमा गलत छ ।’ 

अभियुक्तका पिताको दाबी अनुसार उनका छोरालाई घटनास्थलबाट समातिएको थिएन, त्यतिबेला उनी आफ्नो घरमा थिए । उनले यदि यसमा छोराको गल्ती भए उनले सजाय पाउनुपर्ने पनि बताए । 

बन्दीपुरा पुलिस अधिक्षक राहुल मलिकका अनुसार अभियुक्तलाई पक्राउ गरिसकिएको छ र थप अनुसन्धान भइरहेको छ । राहुलले बीबीसीसँग भने, ‘घटना ९ मे बेलुकाको हो । अभियुक्तलाई पक्राउ गरिएको छ । अहिलेसमम यो मामलामा विशेष जाँच दल गठन गरेका छौं र बालिकाको स्वास्थ्य परीक्षण पनि गराइएको छ । यस मामलामा धेरैको बयान पनि लिइसकेको छ । बालिका करिब तीन वर्षकी छिन् ।’ 

अभियुक्तको उमेर कति हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘अहिले यो अनुसन्धानको विषय हो । अभियुक्त पढाई छोडेर बसेका छन् र अहिलेसम्म तीनवटा स्कूल फेरिसकेका छन् । हामी उनको उमेर पत्ता लगाउने कोसिस गरिरहेका छौं ।’ 

स्थानीयले स्कूलका प्रधानाध्यापकले उनको (अभियुक्त) को नक्कली जन्मदर्ता जारी गरेर उनलाई नाबालिक देखाएको आरोप लगाएका छन् । एक स्थानीय व्यक्ति मोहम्मद असलमका अनुसार केही घण्टाभित्र यो प्रमाणपत्र जारी गरिएको छ जसमा उनलाई १० वर्षका चौथो कक्षाका छात्र बताइएको छ । असलमले पुलिसले पनि जन्मदर्ता गरिएको प्रमाणपत्र नक्कली हो भनेर स्विकार गरेको दाबी गरेका छन् । 

पुलिस अधिक्षक मलिकले यसबारे भने, ‘हामीले स्कूलका प्रधानाध्यापकलाई हिरासतमा लिएर सोधपुछ गरिरहेका छौं । उनको कुन परिस्थितीमा यस्तो गरे भनेर पत्ता लगाउने कोसिस भइरहेको छ । यसलाई कसले जारी गरे र कसले स्विकृति दिए भनेर हामी अनुसन्धान गरिरहेका छौं ।’ एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *