पत्रकारको आन्दोलनमा प्रहरीको अवरोध

 

जेठ २, फिदिम । नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरको अगुवाइमा भएको पत्रकारहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालय मुल ढोकामा धर्ना दिन पुगेका पत्रकारहरुलाई सशस्त्र प्रहरीले धकेल्दै अवरोध गरेको हो । 

null

प्रहरीले रोक्ने प्रयास गरेपनि सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक विरुद्ध आन्दोलनमा उत्रिएका पत्रकारहरुले कोण सभा गरेका छन् । 

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने पत्रकारहरुको चेतावनी छ । 

 

यस्तै प्रेस स्वतन्त्रता हनन् भएको भन्दै मिडिया काउन्सिल विधेयकविरुद्ध पोखरामा पनि पत्रकारहरुलले प्रदर्शन गरेका छन् । पत्रकारहरुले पोखरा बीपी चोकमा प्रदर्शन गरेका हुन् ।  

पत्रकार महासंघले घोषणा गरेको कार्यक्रममा एक्यबद्धता जनाउँदै देशैभरका पत्रकारहरुले हिजो (बुधबार) कार्यकक्षमा कालो पट्टी बाँधेर काम गरेका थिए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *