पानी खान पाउनु पर्ने भन्दै गाग्रो र वोटल सहित नगरपालिका घेराउ

काठमाडौं ३ जेठ । खानेपानी नदिएको भन्दै चन्द्रागिरी नगपालिका वडा नम्बर १० का स्थानीयले नगरपालिकामा दवाव दिएका छन् । सिंच्चा फाँट नमुना बस्ती सुधार समितिले वडा नम्बर ८ सँग एक बर्ष पहिले खानेपानीको लागि सम्झौता गरिएको भएपनि पानी नपाएको स्थानीयहरुको गुनासो छ । 

पानीको वैज्ञानिक व्यवस्थापन लागु गर, पानी वेच्न पाईदैन, पानीमा राजनीति बन्द गर, नागरिक बिभेद बन्द गर, स्थानिय सरकार पानी दे, प्राकृतिक श्रोत सबैको समान हो भन्दै पानीका ग्रागी, जर्किन, वोतल लिएर स्थानियहरुले प्रर्दशन गरेका हुन । 

चन्द्रागिरी नगपालिका वडा नम्बर १० का बासिन्दाले वर्षौ देखि खानेपानीको समस्या भोग्दै आएका छन् । एक वर्ष अघि स्थानिय वासीले वडा नम्वर ८ चन्द्रागिरी नगर पालिका सँग सम्झौता गरेका थिए । 

null

 

एकिकृत खानेपानी मातातिर्थ (चन्द्रागिरी नगर विकास तथा निमार्ण समाज) सँग संमन्वय गररे त्यहाँको पानी ल्याउने सम्झौता गरेको थियो । तर, पानी ल्याउन लाग्दा मातातिर्थ गाउँ विकास सुधार समाजले आफ्नै वडामा पानी नपुगेको भन्दै अवरोध गरे । समाजले पानी अन्तै वेचेर आफुहरुलाई नदिएको स्थानियको भनाइ छ । 

पानी आउने सम्भौता भए पछि घरघर पाईप विछाएर राज्य र स्थानियको पचास लाख भन्दा बढी रकम खर्च भईसकेको स्थानियले बताए । पानीका लागि पटक पटक जादा पनि चन्द्रागिरी नगर विकास तथा निमार्ण समाजले पानी नदिए पछि आफुहरु आन्दोलन गर्नु परेको उनीहरुको भनाई छ । 

 

स्थानिय सरकारले नागरिकहरु लाई पानी खाने अधिकार बाट समेत बञ्चित गरेको उनीहरुले आरोप लगाएका छन् । चन्द्रागिरी नगपालिका वडा नम्बर ८ ले तैनाथ नैकाप संतुगल लगायत ठाउँहरुमा पानी वितरण गर्दै आएको छ । 

वडा नम्वर ८ का वडा अध्यक्ष सन्तोस खड्काले चन्द्रागिरीको विकास सबैका लागि हुने हुँदा सवैको पानी खाने अधिकारका लागि आफु लडेको बताए । पानी माथी राजनीति गर्ने परिपाटी बन्द हुनु पर्ने उनको भनाई थियो । 

पानी माथी राजनीति भयो भन्दै आन्दोलनमा उत्रिएका स्थानियहरुको दवाव पछि नगरपालिकाको आकस्मिक वैठक पछि सात दिन भित्र नमुना बस्ती सिम्चा च. न. पा १० लाइ दिर्घकालिन रुपमा पानी खुवाउने खानेपानीका अध्यक्ष तथा च.न.पा. ८ वडा सदस्य पुरुषोतम रिजाल विच लिखित सहमति भएको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *