गावहालमा रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्नेको भिड्

बैशाख २६, काठमाडौँ ।  नेवार समुदायले मान्दै आएको रातो मच्छिन्द्रनाथको रथयात्रा  बुधबार पुल्चोकबाट सूरु भएर  आज ललितपुरको गावहाल ल्याईएको छ । 

 

रातो मच्छिन्द्रनाथको रथयात्रालाई नेवार समुदायका मानिसहरुले वर्षा र सहकालका देवता भनि पुज्ने गर्दछन् । रथयात्रा  गावहाल ल्याएसँगै त्यहाँ अहिले यस रथयात्रालाई हेर्ने भक्तालुको अत्याधिक मात्रामा भिड्भाड बढेको छ । 

null

नेवार समुदायमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको आठौं दिनसम्म घरघरबाट रातो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुने, बिभिन्न भोज भतेर गरी आफन्तबिच नजिकिने, हर्ष उल्लास बाड्ने  यस समुदायकाे परम्परा रहेको छ । 

नेवारी समूदायले रातो मच्छिन्द्रनाथको रथमा पूजाआजा, भजर्नर्कीतन गरी आफ्ना चेलीबेटीहरुलाई सोही ठाउँमा दक्षिणा दिने गर्दछन् । रथयात्रा आजै मंगलबजार हुँदै सुन्धारा लगिनुकाे साथै सुन्धाराबाट महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल पुर्याइनेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *