अदालत हाजिर भए राजनारायण पाठक, बयान चल्दै

 

जेठ १ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । 

नेपाल इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको खुलासा भएसँगै पदबाट राजीनामा दिएका पाठक बुधबार विशेष अदालत उपस्थित भएका हुन् ।  

null

अहिले अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजालमा बयान चलिरहेको छ । 

आजै थुनछेक बहस पनि हुनेछ । त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी माग्ने अथवा साधारण तारेखमा छोड्ने आदेश दिनेछ। 

पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *